काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
२१ भदौ २०७५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित शीतल निवाससँगै जोडिएको प्रहरी एकेडेमीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याएको थियो ।
प्रहरी महानिरीक्षक कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारबाट भएको उक्त निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्त्वपूर्ण तथा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः महानिरीक्षक कार्की