काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।
बैठकमा संसदीय दलको नेताको निर्वाचन प्रक्रिया, पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।
सार्वजनिक कार्यतालिका अनुसार दिउँसो ३ बजे उम्मेदवारी दर्ता, ४:४० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन तथा त्यसपछि ५ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएका छन्। यसबाहेक मोहन आचार्यदेखि निष्कल राईसम्मका नेताहरूको नाम पनि चर्चामा रहेको छ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसका ३८ सांसद रहेका छन्। संसदीय दलको नेता चयनलाई पार्टीभित्रको भावी रणनीति र संसदीय भूमिकासँग जोडेर हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस