काठमाडौं सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेका हुन् ।
‘बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं,’ एसपी भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, १२ : ५०
लेखकबाट थप