काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै पोखरेलले जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भई नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने उल्लेख गरेका छन्।
‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ,’ उनले भनेका छन्, ‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।’
उनले आगामी १३ मंसिरमा एकै दिन देशभर हुने महाधिवेशन प्रतिनिधिहरूको छनोटमा संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ सहभागी बन्न पार्टी सदस्यहरूलाई अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह