काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको बुटवल उच्च अदालतमा आज सुनुवाइ हुँदै छ ।
यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको थियो । मिसिल प्राप्त भएसँगै आजका लागि पेशी तोकिएको अदालतले जनाएको छ ।
कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा
रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै
रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर
रवि र छविको मुद्दा एक नम्बर इजलासमा