रवि-छविको मुद्दामाथि आज सुनुवाइ हुँदै

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, १२ : २६
रवि-छविको मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको बुटवल उच्च अदालतमा आज सुनुवाइ हुँदै छ ।

यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको थियो । मिसिल प्राप्त भएसँगै आजका लागि पेशी तोकिएको अदालतले जनाएको छ ।

कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस