काठमाडौँ । एमाले नेता महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल जेनजीहरुसँग निरीह बनिरहेको टिप्पणी गरेका छन् । आफ्नै अगाडि जेन जेडहरुले गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको उनको दाबी छ ।
आज एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले जेन जेड युवाहरू आफूलाई भेट्न अनुहारमा मास्क लगाएर आउने गरेको बताए ।
उनले भने, ‘जेनजीहरु आउनुहुन्छ, बडो रमाइलो लाग्छ उहाँहरूको स्टाइल देखेर । कोठाभित्र पनि क्याप, मास्क, लगाएर बस्नुहुन्छ । मास्क खोले हुन्छ नि भन्दा हामी गम्भीर संकटमा छौँ भन्नुहुन्छ । यति आतंकित बनाइएको छ बिचराहरूलाई ।’
बस्नेतले जेन जेडहरुले गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको र गृहमन्त्री निरीह बन्ने गरेको बताए ।
‘हाम्रै अगाडि फोन गर्नुहुन्छ । यस्तो गाली दिनुहुन्छ कि निरीह छन् बिचरा । फेरि उनको एसएमएस आउँछ । के भद्र खनाल रे ? अजय भद्र खनाल । विवेकशील पार्टीका नेता । उहाँलाई कन्ट्याक्ट गर्नुस्, खास योजना बनाउनुस्, बालेन र सुधन गुरुङ अति भएका छन्, उनीहरूलाई तह लगाउनुस् भनेर आउँछ म्यासेज । जेनजीले दाइ हेर्नुस् भनेर मलाई देखाउँछन् । मेरो आवाज अलि पुगेन, केपी ओली र महेश बस्नेतलाई थुन्नपर्छ भनेर माग गर्नुस् पनि भन्दा रहेछन् । यस्ता लठ्याङ्ग्रे गृहमन्त्री भएका देशमा सुशासनको आशा गर्ने ?’ उनले भने ।
बस्नेतले जेन जेड आन्दोलनमा शेरबहादुर देउवालाई गम्भीर घाइते बनाउने र केपी ओलीलाई सिध्याउने योजना बनाइएको पनि दाबी गरे । ५ मिनेट ढिला भएको भए ओली नजोगिने उनको भनाइ छ । ओलीलाई गुण्डुमा राखिएपछि पनि उनीविरुद्ध आपराधिक योजना बनाइएको बस्नेतले बताए ।
उनले थपे, ‘युवाहरूले आपराधिक योजनाहरू विभिन्न ढंगले बनाएका थिए । असोज ११ गते हामीले खासमा ‘चियापन’ गरेको होइन, प्रतिरोधै गरेको हो । हामी दशैं, तिहार, चियापन गरेर खुसी मनाउने मुडमै थिएनौ । मैले हामीलाई मार्न आउँछु भनेर योजना बनाउने लुसिफरहरुलाई किमा बनाउँछु भनेकै हो । त्यही भन्न त्यो कार्यक्रम गरेको हो । तर, उनीहरू आएनन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान न घरको न घाटको भए, अब पालो बालेनको : महेश बस्नेत
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत
भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस
महेश बस्नेतको प्रश्न- भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के योजना बनाएको छ ?
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास