काठमाडौं । भारत भ्रमणमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई शुक्रबार बिहान दिल्ली एयरपोर्टमा करिब ४० मिनेटसम्म रोकिनु परेको छ।
उनलाई भारतीय अध्यागमन अधिकारीहरूले सोधपुछका लागि करिब ४० मिनेटसम्म रोक्ने काम गरेका थिए। पछि नेपाली दूतावासको समन्वयमा उनलाई नेपाल फर्कन अनुमति दिइयो।
स्रोतका अनुसार सो समयमा प्रसाईले नेपाली राजदूत शंकर शर्मा र केही भारतीय नेताहरूसँग विमानस्थलबाटै फोनमा सम्पर्क गरेका थिए।
नेपाल प्रहरीले केही समयअघि प्रसाई भारतको आसामतिर फरार भएको जानकारी भारतीय प्रहरीलाई पठाएको थियो। सो पत्रकै कारण उनको नाम भारतीय सुरक्षा निकायको ‘फरार सूची’मा समावेश भएको र यही कारण दिल्ली एयरपोर्टमा उनलाई रोकिएको सुरक्षा स्रोतले जनाएको छ।
प्रसाई अन्ततः नेपाल एयरलाइन्सको उडान आरए–२१८ मार्फत काठमाडौं फर्किएका छन्।
भारत बसाइको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने प्रयास गरे पनि सफल नभएको बताइन्छ। मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेपछि भारतीय संस्थापनले उनीसँग भेट गर्न अस्वीकार गरेको बताइएको छ।
स्रोतका अनुसार प्रसाईले भारतीय गृहमन्त्री अमित शाह र राष्ट्रिय स्वयंसेवक संघ (RSS) का प्रमुखसँग भेटवार्ताको आग्रह गरेका थिए, तर त्यो अस्वीकार गरिएको हो। भेट मिलाउन उनका छोरा निराजन प्रसाईले पनि प्रयास गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम