काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ ।
सरकारमा दाबी गर्ने समयमा ५ दल रहे पनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।
दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मतको समर्थन रहेको देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् ।
सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन् । प्रदेशसभाका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले भने विपक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
मधेस प्रदेशमा एमालेलाई वडा अधिवेशन गर्नै मुश्किल
मधेस सरकारको नीति, कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस केन्द्रीत सात दलको मोर्चा घोषणा हुँदै, आलोपालो नेतृत्व गर्ने
मधेसमा हर्षोल्लासका साथ आज होली मनाइँदै
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित