धनगढी । कैलालीमा करीब १५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
उनकाअनुसार रानालाई शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ