काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, विनोद चौधरी, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, कल्याणी रिजाल, अनीलकुमार रुँगटा, धना खतिवडा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आआफ्नो धारणा राखेका थिए ।
बैठकमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुन:स्थापनालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा संस्थापन र संस्थापनइतर पक्षले आआफ्नै पक्षको पक्षपोषण गर्दै धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै