काठमाडौं । नेकपा एसका सम्मानित नेता अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् ।
माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए ।
एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । महासचिव घनश्याम भुसाल पनि बिहानको वार्ता सहभागी भएपनि एकता प्रक्रियामा आउन राजी भएनन् ।
खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल