काठमाडौं । नेकपा एसका सम्मानित नेता अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् ।
माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए ।
एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । महासचिव घनश्याम भुसाल पनि बिहानको वार्ता सहभागी भएपनि एकता प्रक्रियामा आउन राजी भएनन् ।
खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल