काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । भेटघाट गर्ने स्थल भने टुङ्गो लागेको छैन ।
खनालका अनुसार आफ्नी पत्नी जेन-जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको सद्भाव र मायालाई धन्यवाद दिनका लागि नेताहरूलाई भेट्न लागेका हुन् ।
खनालले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूलाई देखाएको माया र सद्भावप्रति धन्यवाद दिएका थिए ।
‘मैले नेताहरूलाई भेटेर राजनीतिक कुरा गर्नेभन्दा पनि मप्रति देखाउनुभएको माया र सद्भावका लागि धन्यवाद दिन भेटेको हुँ’, खनालले खबरहबलाई भने, ‘नेताहरूसँग मेरो भेट्ने क्रम जारी छ । हिजो केपी कमरेडलाई भेटे आज प्रचण्ड कमरेडलाई भेट्दै छु। भोलि अन्य नेताहरूलाई पनि भेट्नेछु।’
खनालले ओलीको सँगको भेटमा पनि सन्चो बिसन्चो र पारिवारिक सम्बन्धको विषयमा कुराकानी बढी भएको बताए ।
राजनीतिक कुराकानीका क्रममा एमाले अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरूका लागि समूहगत एकताभन्दा पनि व्यक्तिगत प्रवेशमा जोड दिने कुरा बताएको खनालले खबरहबलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल