काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट निस्केर प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रको महाभारत गाउँपालिका–१ घर भएका राजा तामाङ भनिने वाङ्ुु लामा छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
१३ कात्तिकमा काठमाडौं महानगरपालिका–७ लाहुरे टोलमा प्रविण घिमिरे भनिने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरको बाहिर कालो झोलामा हतियार भेटिएको थियो । ग्यास गनको बट र नाल छुट्टा छुट्टै रहेको अवस्थामा शंकास्पद हतियार भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
सो क्रममा वाङ्सु प्रहरीको हतियार लुटेर त्यहाँ लुकाएको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ कार्तिक २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीएसपी मधु नेपाल पक्राउ
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
चार महिने छोराको हत्या अभियोगमा असई पक्राउ
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ