रुपन्देही । तुलसीपुर उच्च अदालत बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा आज चौथो नम्बरमा सूचीकृत भएको थियो । तर, जोशीका कानुन व्यवसायीले स्थगित गर्न आग्रह गर्दै निवेदन दिएपछि लगाउमै रहेको लामिछानेको सुनुवाइ पनि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
‘जोशीको तर्फबाट कानुन व्यवसायीले स्थगितको निवेदन दिनुभएपछि लगाउको मुद्दा भएकाले दुवैको स्थगित भएको हो, अब अर्को हप्ता पेशी जान्छ’ उनले भने । यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीका मुद्दा एउटै प्रकृतिका भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश
रवि-छविको मुद्दामाथि आज सुनुवाइ हुँदै
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
जाँचबुझ आयोग अपडेट : आईजीपीसँग स्पष्टीकरण, रविसँग करिब साढे सात घण्टा बयान
रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता
रवि भेट्न पुगे प्रचण्ड