धरान । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा एस)मा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन् ।
एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा मंगलबार भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले एकीकृत समाजवादीलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताए ।
नेकपा एस र माओवादीबीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाएर माओवादीमा लैजान खोजिएको भन्दै व्यङ्ग्य गरेका छन् ।
उनले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गरे । उनले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको बताए ।
ज्ञवालीले जेनजीको नाममा देशमा विध्वंश सृजना गरि सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । उनले भने, ‘हाम्रो भूमि प्रयोग गरेर छिमेकीलाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ । हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली