काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।
‘जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुन्छ होला,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘हामीले यकिन गर्न नसकेकाले कसैको पनि नाम किटानी गर्न सकेका छैनौं, प्रहरीले नै अनुसन्धानबाट यकिन गरी संलग्नहरूलाई कारवाही गरोस् भन्ने हाम्रो चाहना हो ।’
आइतबारको फूलकोर्टको बैठकले सर्वोच्च सहित देशभरको अदालतमा आगजनी र क्षति गर्नेलाई कारवाहीको माग सहित कानूनी उपचार खोज्नुपर्ने निर्णय गरेको थियो । तर जाहेरी दिने काममा न्यायाधीश नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुनेछन् । सम्भवत: मुख्यरजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने