काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रिय सभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।
सिंहदरवारबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद भवन ध्वस्त भएको छ । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले बताए ।
त्यस्तै प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको छ ।
प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति