काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले देशको वर्तमान राजनीतिक अवस्थालाई अत्यन्तै जटिल र संवेदनशील रहेको भन्दै बैठक आह्वान गरेका छन्।
नेपाल अहिले “इतिहासकै कमजोर र अस्तित्व रक्षार्थको संघर्षमा रहेको” अवस्थामा पुगेको उनको दाबी छ। प्रसाईले सिंहदरवार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचनाहरु “ध्वस्त” भइसकेको उल्लेख गर्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीहरूको मनोबल कमजोर बनाइएको बताएका छन्।
यस्तो विषम राजनीतिक परिस्थितिमा देश र जनताको हितका लागि महाअभियानले केही राजनीतिक निर्णय गर्नुपर्ने बताउँदै प्रसाईले यही असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नो निजी निवासमा बैठक बोलाएको जानकारी दिए ।
उक्त बैठकमा जिल्ला अध्यक्ष तथा संयोजक र सचिवहरू, अञ्चल संयोजक र पदाधिकारीहरू, केन्द्रीय सदस्य तथा जनवर्गीय संयोजकहरू, साथै सचिवालय सदस्यहरूको अनिवार्य उपस्थिति रहन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई दुर्गा प्रसाईंको चेतावनी
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी