काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले देशको वर्तमान राजनीतिक अवस्थालाई अत्यन्तै जटिल र संवेदनशील रहेको भन्दै बैठक आह्वान गरेका छन्।
नेपाल अहिले “इतिहासकै कमजोर र अस्तित्व रक्षार्थको संघर्षमा रहेको” अवस्थामा पुगेको उनको दाबी छ। प्रसाईले सिंहदरवार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचनाहरु “ध्वस्त” भइसकेको उल्लेख गर्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीहरूको मनोबल कमजोर बनाइएको बताएका छन्।
यस्तो विषम राजनीतिक परिस्थितिमा देश र जनताको हितका लागि महाअभियानले केही राजनीतिक निर्णय गर्नुपर्ने बताउँदै प्रसाईले यही असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नो निजी निवासमा बैठक बोलाएको जानकारी दिए ।
उक्त बैठकमा जिल्ला अध्यक्ष तथा संयोजक र सचिवहरू, अञ्चल संयोजक र पदाधिकारीहरू, केन्द्रीय सदस्य तथा जनवर्गीय संयोजकहरू, साथै सचिवालय सदस्यहरूको अनिवार्य उपस्थिति रहन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
दुर्गा प्रसाईँविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी