काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वास्तविक जेनजीका मुद्दा अपहरण भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि जेन्जी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको भन्दै आन्दोलनका मुद्दा अपहरण भएको बताएका हुन् ।
उनले जेनजीका नाममा ठुलो जनधनको क्षति भएको भन्दै २३ बेलुकादेखि २४ गतेसम्मको आन्दोलन अरबी मुलुकको भन्दा फरक नरहेको दाबी गरे । जेनजी पुस्तालाई बदनाम गराउँदै हजारौँ फेक एकाउन्ट चलाएर चार घण्टाभित्र देशलाई बर्वाद पारिएको बस्नेतको दाबी छ ।
सिंगो मुलुकको राष्ट्रियता जोगाउन, लोकतन्त्रलाई संवर्द्धन गर्न र जनताको हितको पक्षपोषण गर्न नेकपा एमाले सदैव अगाडि रहेको बस्नेतले दाबी गरे । उनले बालेनको योजनामा जेनजी आन्दोलनका नाममा प्रत्येक नेताहरुको घर लोकेट गरेको, अहिलेपनि साइबर अपराधमार्फत लुटपाट भइरहेको भन्दै गृहमन्त्रलाय त्यसैको संरक्षणमा लागेको बताए । सुदन गुरुङ नामको उरन्ठेउलो केटाले अनाधिकृत रूपमा सरकार र सरकारी निकायलाई निर्देशन दिन उद्यत रहेको बस्नेतको भनाइ छ । मानिसहरूले के आकलन गरिरहेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ’, उनले भने– ‘सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’