काठमाडौ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र सुस्त रहने अनुमान गरेको छ। मंगलबार सार्वजनिक गरिएको साउथ एशिया डेभलपमेन्ट रिपोर्ट अनुसार, यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहनेछ भने आगामी वर्ष (२०८३/८४) मा वृद्धि दर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
प्रतिवेदनले पछिल्ला राजनीतिक अस्थिरता, सामाजिक आन्दोलन र लगानीमैत्री वातावरण नबन्नुजस्ता कारणले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ। हालैको ‘जेनजी आन्दोलन’ र त्यसबाट उत्पन्न असरलाई समेत मूल्यांकनमा समेटिएको विश्व बैंकले जनाएको छ।
अघिल्लो प्रक्षेपणमा विश्व बैंकले नेपालले ५.२ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो। तर पछिल्ला परिस्थिति र शासन प्रणालीप्रति देखिएको असन्तुष्टि, बेरोजगारी र अवसर अभावका कारण यो अनुमान घटाइएको प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकले नेपालमा सुशासनको अभाव, भ्रष्टाचारको वृद्धि र व्यावसायिक वातावरण कमजोर रहनु मुख्य चुनौती भएको ठहर गरेको छ। साथै, विश्वव्यापी आर्थिक सुस्तता, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अस्थिरता र कृत्रिम बुद्धिमत्ताजस्ता नयाँ प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई पनि सम्भावित जोखिमका रूपमा औंल्याइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त
विश्व बैंकले नेपाललाई ३५ अर्ब भन्दा बढी ऋण दिने
‘लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर’: विश्व बैंक
विश्व बैंक प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत
पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा २० अर्ब ४० करोड स्वीकृत