काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०८२, १२ : ३१
काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा

काठमाडौं । काठमाडौं महानगरपालिका १४ स्थित कुइनर हाउजिङ्ग नजिक सडक कटान हुँदा केही घर जोखिममा परेका छन्। खोलाले सडक कटान गरेपछि नदी किनारका घरमा क्षति हुने देखिएको हो । कटान रोक्न महानगर प्रहरी बलले प्रयास गरिरहरको महानगरपालीकाले जनाएको छ ।

‘आज बिहान काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ।

अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ’, महानगरपालिकाले भनेको छ ।