टी-२० सिरिज : नेपाल र मलेसियाको दोस्रो प्रतिस्पर्धा आज

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०८२, ०८ : २९
टी-२० सिरिज : नेपाल र मलेसियाको दोस्रो प्रतिस्पर्धा आज

काठमाडौ । मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल आज खेल्दैछ ।

बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार शनिबार बिहान १०ः १५ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ ।

सोही मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।

थप तीन खेल असोज १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिज अगाडि मलेसियामा केही अभ्यास खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस