काठमाडौँ । नेपालले आउँदो अगस्टमा अष्ट्रेलियाको डार्विनमा टी-२० सिरिज खेल्ने भएको छ ।
नेपालले आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको तयारीको रूपमा अगस्ट १४-२४ सम्म टप इण्ड टी-२० सिरिज खेल्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
सिरिजले अष्ट्रेलियाली परिस्थितिमा प्रतिस्पर्धा गर्ने मौका प्रदान गर्ने लामाले बताए । उक्त सिरिजमा नेपालले कम्तिमा ६ टी-२० खेल खेल्ने छ । २०२५ को टप इन्ड टी-२० शृङ्खलाको लागि पूर्ण तालिका र सहभागी टोलीहरूको घोषणा आगामी हप्ता गरिनेछ ।
त्यसअघि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२०आई सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट
एसियन गेम्स छनोट : नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?