काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन्।
त्यसैगरी, प्रधानमन्त्रीका सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।
न्यायपालिकामा लामो समय कार्यरत रहेका श्रेष्ठले लगातार तीन जना प्रधानन्यायाधीश–रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीका निजी सहायकका रूपमा काम गरेका थिए।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्। सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असोज २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की