काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन्।
त्यसैगरी, प्रधानमन्त्रीका सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।
न्यायपालिकामा लामो समय कार्यरत रहेका श्रेष्ठले लगातार तीन जना प्रधानन्यायाधीश–रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीका निजी सहायकका रूपमा काम गरेका थिए।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्। सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असोज २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेदभाव मुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ’: प्रधानमन्त्री कार्की
‘घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दै छ’: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
‘अख्तियारले रफ्तार बढाएको छ, भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक देखिएन’: प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुनः अस्थिरताको चक्रमा धकेल्न सक्छ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले भोलि चुनावबारे १२३ दलहरूसँग छलफल गर्दै