काठमाडौँ । जेनजेड आन्दोलन पछिको घटनाक्रमबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
आन्दोलन पछिको घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७-२९ मा काठमाडौँमा बस्ने भएको हो । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९-२० मा काठमाडौँमा एमालेले जनाएको छ ।
बैठकमा भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा पनि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असोज २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक