काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई गिरफ्तार गर्न लागिएको भन्दै सरकारले मिडिया ट्रायल गरेको आरोप लगाएका छन्।
दानवीय प्रवृत्तिहरूको विरुद्ध आफूले आवाज उठाएका कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्ने उनको दाबी छ ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बस्नेतले आफ्नो ज्यानको अन्तिम सास रहुन्जेल राष्ट्र र राष्ट्रियताको पक्षमा बोलिरहने बताएका छन् ।
उनले लेखेका छन्, ‘वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो । राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ । तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमासत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु।’
छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए एमाले त्यसको सामना गर्न नेपाली युवा तयार रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत