काठमाडौं । भदौं २३ र २४ को जेन जी आन्दोलनपछि बालुवाटारबाटै हेलिकप्टरमा भागेका एमाले अध्यक्ष केपी ओलीले आइतबार केन्द्रीय सचिवालय बैठक बोलाए । प्रधानमन्त्री समेत रहेका ओली त्यसबेला पनि राजीनामा दिन तयार थिएनन । तर अन्तिममा आफनो ज्यान नै सुरक्षित नदेखेपछि मात्र राजीनामा दिएर हेलिकप्टरबाटै सैनिक ब्यारेकमा सुरक्षित बस्न भागेका थिए ।
सात दर्जन बढी कलिला अवोध बालकहरुको हत्या भईरहँदा पनि ओली केही नभएको र आफ्नो कुनै गल्ती नै नभएको अडानमा अझै छन् । उनले आइतबारको सचिवालय बैठकमा समेत आफनो कुनै गल्ती नै नभएको जिकिर बारम्बार गरेका थिए ।
विगत लामो समय देखि ओलीकै साथमा रहेका पार्टी नेताहरुले समेत पार्टीभित्र गम्भिर समीक्षा गरेर पार्टी पूर्नगठन गर्नुपर्ने प्रस्ताव राखिरहँदा ओली भने विषयलाई नरम बनाउन र मंसिर दोस्रो सातासम्म महाधिवेशन गरेर फेरि आफ्नो नेतृत्वमा आउन कोसिस गरिरहेका छन् ।
सात दर्जन बढी कलिला अवोध बालकहरुको हत्या भईरहँदा पनि ओली केही नभएको र आफ्नो कुनै गल्ती नै नभएको अडानमा अझै छन् । उनले आइतबारको सचिवालय बैठकमा समेत आफनो कुनै गल्ती नै नभएको जिकिर बारम्बार गरेका थिए ।
त्यसक्रममा उनले आफनो जेन जी आन्दोलनका बेला कुनै गल्ती नै नभएको दावी पार्टी बैठकमा राखेका थिए । बरु प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका ओलीले दोषजति अरुतिर पन्छाउन खोजिरहेका छन् ।
‘मेरो कुनै गल्ती छैन, सरकारको नेतृत्वमा भए पनि सत्ता र शक्ति हातमा नभएका कारण अकल्पनीय र नसोचेका हृदयविदारक घटना भए’ एमाले सचिवालय बैठकमा ओलीले राखेको भनाइृ उद्धृत गदै एक सचिवालय सदस्यले सफलखबरसँग भने, ‘देशका जिम्मेवार पोजिसनका व्यक्तिहरू नै कोबाट कसरी परिचालित भए गम्भीर समीक्षाको अवस्थामा हामी छौँ । अब मुलुकलाई कता लगिँदै छ, के–कस्ता क्षति र दुर्घटना व्यहोर्नुपर्ने हो ? संविधान र लोकतन्त्रको रक्षार्थ कसरी उभिनुपर्ने भन्ने अवस्था आएको छ । हामीले सोच्नुपर्छ ।’
ओलीले त्यसबेला आफुसँग सरकार रहेपनि राज्य सत्ता नभएको कारण पनि समस्या आएको धारणा समेत राखेका थिए । ‘राम्रो गर्दा गर्दै अनेक षडयन्त्र भए । सुरक्षा निकायले हात खुट्टा छोडिदियो । मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन,’ ओलीको ब्रिफिङ थियो ।
प्रधानमन्त्री ओलीले सचिवालय बैठक अगाडी नेताहरुलाई एक्लाएक्लै भेटेर आक्रोश साम्य पार्न र आफुविरुद्द नेताहरुलाई नरम बनाउने प्रयास गरेका थिए । त्यसपछि नै ओलीले आइतबार सचिवालय बैठक बोलाएका थिए ।
एमाले अध्यक्ष ओलीले नेताहरुलाई सफ्ट बनाएपछि सिधा सिधा उनको राजीनामाको प्रसंग कुनै नेताले नउठाएको ती सचिवालय सदस्यले बताए । तर पार्टी पूर्नगठन नयाँ शिराबाट गर्नुपर्ने मत भने तीन जना नेता बाहेक सवैले राखेका थिए । बैठकमा १९ सदस्यीय पदाधिकारीमध्ये १७ उपस्थित रहेकामा उपमहासचिव विष्णु रिमालबाहेक सबैले धारणा राखेका थिए ।
उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीबाहेक सबैजसो नेताहरूले नरम भाषामा घटनाक्रमको गहिरो विश्लेषणसहित कहाँ कसको के गल्ती रह्यो आत्मसमीक्षा र आत्मालोचनासहित पार्टी पुनर्गठन गरिनुपर्ने बताएका थिए ।
सिधा सिधा नभनेपनि ती नेताहरुको साझा निश्कर्ष ओलीको राजीनामा भन्ने नै देखिन्थ्यो । तर उपाध्यक्ष रामवहादुर थापा (बादल) ले जति पनि सिधा शब्दमा कसैले पनि ओलीको राजीनामा माग गरेनन ।
बादलले भने कार्यनीति फेल भएपछि नेतृत्व परिवर्तन अनिवार्य हुने भन्दै अहिले अध्यक्ष ओलीले लिएको कार्यनीति फेल भएको बताएका थिए । ‘ओलीको कार्यनीति असफल भएकाले अब नेतृत्व पनि परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्ष बादल कमरेडले राख्नभयो ।’ ती सचिवालय सदस्यले भने ।
नेताहरुले पार्टी पूर्नगठनकै प्रस्ताव राख्न थालेपछि अध्यक्ष केपी ओलीले तत्काल महाधिवेशनको विकल्प अगाडी सारेका छन् । उनले विधान महाधिवेशन भईसकेको र अब ढिलोमा मंसिर तेस्रो साताभित्र महाधिवेशन आयोजना गर्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए ।
ओलीको चाहना अहिलेकै परिस्थितीमा आफु नै फेरि दोहोरिएर अध्यक्ष आउने आत्मविश्वास देखिन्छ । विधा भण्डारीलाई पार्टीमा रोक नै लगाईरख्ने र तत्काल महाधिवेशनमा जादा फेरि आफै चुनिएर अध्यक्ष आउने विश्वासमा ओलीले राजीनामा नदिने तर मंसिरमा महाधिवेशन गर्ने विकल्प सारेका हुन् ।
आइतबारको सचिवालय बैठकपछि एमालेले १९ र २० असोजमा पुनः सचिवालय बैठक बस्ने र एक सातापछि २७ देखि २९ असोजमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली
सुशीलासँग पनि राष्ट्रपतिले भनेका थिए : 'अस्तित्वविहीन भएर बाँच्नुभन्दा सडकमा गएर शहीद बन्छु'
एमाले सचिवालयमै केपी ओली अल्पमतमा !
शासकीय असफलता छोप्न ओलीको खोक्रो ‘राष्ट्रवाद’ !
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति