काठमाडौँ । एकीकृत समाजवादीले पार्टी एकताका लागि गठन गरेको कार्यदल र लिइएका आधारबारे सो पार्टीमा मतभेद देखिएको छ ।
असोज १० गते अध्यक्ष माधवकुमार नेपालले अपानी जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा पार्टी एकताका लागि तीन सदस्यीय कार्यदल गठन गरेको जनाएका थिए । कार्यदललाई माओवादी केन्द्रसहित कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता गर्ने कार्यादेश दिइएको थियो । तर पार्टीभित्र छलफल नै नगरी अपानि जारी भएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।
पार्टी एकता कार्यदलमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य तोकिएका छन् । तर, उक्त कार्यदल र जारी अपानिप्रति पोलिटब्युरो सदस्य एवम् प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले फरक मत राख्दै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय