काठमाडौं । नेपालका ९ वटा कम्युनिष्ट पार्टीका बीचमा आज वृहत कम्युनिष्ट एकताको औपचारिक घोषणा हुँदैछ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज औपचारिक पार्टी एकता घोषणा हुन लागेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा दिउँसो एक बजे एकता घोषणा सभा राखिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी हुन लागेका हुन् ।
एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ । पार्टीको संयोजक र सहसंयोजक रहनेछन् । संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल रहेर एकता हुन लागेको हो ।
त्यसपछि ६ महिनाभित्र वा यथाशीघ्र महाधिवेशन गर्ने भन्ने विषय उनीहरुका बीचमा सहमति छ । पार्टीको मार्गदर्शक सिद्धान्त भने माक्र्सवाद, लेलिनवाद हुने सहमती छ । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ । सभामा प्रचण्ड, माधव नेपालसहितका नेताले सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)