जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, ०७ : ५२
जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग

ललितपुर । ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् ।  

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने बताए । भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राखेर जेनजीले भदौ २३ गते गरेको प्रदर्शनलाई नियन्त्रण गर्न चलाएको गोली विनोदलाई लागेको थियो ।