काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ ।
सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ ।
आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र अन्तिम नामावली सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको छ ।
आयोगका अनुसार अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर आयोगले कार्यविधि बनाएको छ । यसलाई पास गरेर कार्यान्वयन गर्ने तयारी आयोगको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा