काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ ।
सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ ।
आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र अन्तिम नामावली सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको छ ।
आयोगका अनुसार अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर आयोगले कार्यविधि बनाएको छ । यसलाई पास गरेर कार्यान्वयन गर्ने तयारी आयोगको रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह