काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले युवाहरू देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष ओलीले भने, “हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैह्र जिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरूले काम गर्नुपर्छ । युवाहरू हावामा कुद्न हुँदैन ।”
उनले जेन जेड प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नु परेकामा चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, “बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली
वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट भएन : ओली
अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन: ओली
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै