काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले युवाहरू देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष ओलीले भने, “हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैह्र जिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरूले काम गर्नुपर्छ । युवाहरू हावामा कुद्न हुँदैन ।”
उनले जेन जेड प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नु परेकामा चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, “बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै
‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’: ओली