काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आइतबार दिउँसो बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विशेष महाधिवेशनबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले मंसिरमा विशेष महाधिवशेन गर्नेगरी केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गरेका थिए । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार, नेतृत्वको हस्तान्तरणबारे विचार, विधि, प्रक्रियाका बारेमा आजको बैठकमा प्रारम्भिक छलफल समेत भएको छ ।
‘मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको छ,’ सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन