काठमाडौ । अख्तियार दुरुपयोग आयोगले सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा चोरी भएका र हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ।
आयोगले आज सूचना जारी गर्दै आयोगको इटहरी, पोखरी, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाट आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएको जानकारी दिएको हो।
तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिक्स, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा लगायतका सामानहरू लुटपाट एवं चोरी भएको आयोगले जनाएको छ।
‘तोडफोड तथा चोरीमा संलग्नहरूको सीसीटीभी फुटेज मार्फत् पहिचान गर्ने कार्य भैरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नु भएको भए ती सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगाल र आयोगका मातहतका कार्यालयको हकमा तत् तत् कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा लगेर बुझाउन अनुरोध छ,’ आयोगको सूचनामा भनिएको छ।
अन्यथा कानुन बमोजिम भइजाने चेतावनीसमेत आयोगले दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो
भिजिट भिसा दुरुपयोग काण्डमा अख्तियारको ‘क्लोज इन’ : तीर्थराज भट्टराईसँग लगातार बयान, डिजिटल प्रमाण संकलन
अख्तियारले भ्रष्टाचारको मुद्दामा टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा