काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन जी आन्दोलनका क्रममा घटेका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रित आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन्।
उनले भनेका छन्, ‘घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु । आन्दोलनमा भएको अस्वाभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठुलो क्षति, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्छ ।’
भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण सुनिश्चित गर्न लाग्न सबैलाई आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल
जबजमाथि पार्टीभित्रबाटै कटाक्ष र हमला भए : ईश्वर पोखरेल
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल