काठमाडौँ। पूर्वगभर्नर चिरञ्जीवी नेपाल रुपन्देही-३ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिएका छन् ।
१७ कात्तिकमा रुपन्देही-३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार समेत रहेका नेपालले रुपन्देही-३ क्षेत्रका मतदाताले उम्मेदवार हुन आग्रह गरेको सुनाए ।
पाल्पा जन्मस्थान रहेका नेपालको रुपन्देही-३ का पनि बासिन्दा हुन् । पञ्चायतकालमा नेपालले यसै क्षेत्रमा काँग्रेसबाट राजनीति समेत गरेका थिए । आकांक्षी नेपालले भने,‘मेरो घर रुपन्देही-३ मै छ । त्यहाँ पञ्चायतकाल देखि नै राजनीति गरेको हुँ ।’
काँग्रेसबाट अन्य आकांक्षीहरुमा रामचन्द्र ढकाल, सुशील गुरुङ, रमेश खनाल, प्रमोद यादव, भरत शाह छन् । ढकाल रुपन्देहीका पूर्व सभापति हुन् भने गुरुङ निर्वाचन हुने क्षेत्रका सभापति हुन् । खनाल लुम्बिनी प्रदेश समितिमा छन् ।
आकांक्षी यादव गत निर्वाचनमा रुपन्देही-४ र शाहले रुपन्देही-५ मा प्रतिनिधिसभामा पराजित भएका थिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण काँग्रेसबाट गत निर्वाचनमा यस क्षेत्रमा पराजित भएका थिए । यसपटक काँग्रेसले नयाँ विधि बनाएर उम्मेदवारलाई टिकट दिने भएको छ ।
आकांक्षी उम्मेदवारहरूका बारेमा क्षेत्रका मतदाताको धारणा अनौपचारिक रूपमा बुझेर टिकट वितरण गर्ने तयारी गरिएको छ ।
पार्टी केन्द्रबाट नेताहरू खटाएर अनौपचारिक रूपमा फरक फरक क्षेत्रमा आबद्ध व्यक्तिहरूको समेत धारणा सुनेर उम्मेदवार तय गर्ने काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन