काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका थिए । उनीहरुसँगै अन्य विभिन्न २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी भएका छन् ।
चीनले विश्वका नेताहरूलाई साथमा लिएर शक्ति प्रदर्शन गरिरहँदा ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै अमेरिकाविरुद्धको षडयन्त्र भनेका हुन् । ‘भ्लादिमिर पुटिन र किम जोङ-उनलाई मेरो हार्दिक अभिवादन पुर्याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ’, उनले लेखेका छन् ।
ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको बलिदान सम्झिंदै अमेरिकी सैनिकलाई सम्मानपूर्वक स्मरण गर्न आग्रह गरेका छन् । ‘चीनको विजय र गौरवको खोजीमा धेरै अमेरिकीले ज्यान गुमाए । म आशा गर्दछु कि उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिनेछ’, ट्रम्पले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा