काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका थिए । उनीहरुसँगै अन्य विभिन्न २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी भएका छन् ।
चीनले विश्वका नेताहरूलाई साथमा लिएर शक्ति प्रदर्शन गरिरहँदा ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै अमेरिकाविरुद्धको षडयन्त्र भनेका हुन् । ‘भ्लादिमिर पुटिन र किम जोङ-उनलाई मेरो हार्दिक अभिवादन पुर्याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ’, उनले लेखेका छन् ।
ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको बलिदान सम्झिंदै अमेरिकी सैनिकलाई सम्मानपूर्वक स्मरण गर्न आग्रह गरेका छन् । ‘चीनको विजय र गौरवको खोजीमा धेरै अमेरिकीले ज्यान गुमाए । म आशा गर्दछु कि उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिनेछ’, ट्रम्पले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली