चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्त रुपमा विमोचन गरे।
भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिइन् । उनले भनिन्, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”भरतपुर महानगरका भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताइन् ।
कृतिमा चितवन जिल्लाका कवि, लेखक, पत्रकार, समालोचक र अन्वेषकका विभिन्न सामग्रीहरू संग्रहित छन् ।महानगर वाङ्मय कोशमा चितवनका कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने साहित्यकार, कलाकार, संगितकारहरुको चिनारी समावेश गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता
यस्तो छ भरतपुर महानगरको आगामी वर्षको बजेट (पूर्णपाठ)
विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो