एजेन्सी । रावी, चेनाब र सतलज नदीमा बाढी उर्लिंदा पाकिस्तानको पन्जाबमा १४ लाख मानिस जोखिममा परेका छन्।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले भारतबाट आउने पानीका कारण अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ।
लाहोरका धेरै क्षेत्र डुबानमा परेका छन्। रावी पुल भत्किने खतरा पनि छ। बाढीको जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ ।
रावी नदी किनारमा रहेका घरमा पानी पस्न थालेको छ। घरका भित्ता भत्किन थालेका छन् भने सामान बगाएका छन्। मानिसहरू पानीको सतह घट्ने प्रतीक्षामा छन्।
पन्जाब प्रहरीले ६२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएको छ।
अधिकारीहरूले चेनाब र रावी नदीमा बाढी बढ्न सक्ने चेतावनी जारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ भदौ २०८२, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम