काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको पहिचान उच्च बनाएको बताएका छन् । ‘भक्त राना खुल्ला र्यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै खेलाडीहरुको प्रशंसा गरे । ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरु मुलुकको गौरब हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ ।’
उनले समाजको सबै क्षेत्रले खेलाडीहरुलाई रोल मोडलका रुपमा लिने गरेको बताए । पछिल्लो समय क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालजस्ता खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको उनको भनाइ थियो। शारीरिक र मानसिक रुपले तन्दुरुस्त नागरिक तयार गर्न खेल क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा खेलाडीको व्यवसायिकता वृद्धि गर्नुपर्नेमा पुनले जोड दिए ।
पुनले विद्यालय र क्याम्पसमा विद्यार्थी हुँदा आफू पनि फुटबल र भलिवल खेलाडी रहेको स्मरण गरे । पुनले भक्त राना नेपालको गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका साथै खेल प्रेमीसमेत रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन