काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) शान्त तलाउमा डुङ्गा चलाएजस्तो सलल नबगी चुनौतीसँग लड्दै अघि बढेको विचार भएको बताएका छन् ।
बिहीबार मदन भण्डारीको ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
जबजको विचार शान्त तलाउमा डुङ्गा चलाएजस्तो सलल अघि बढेको होइन । यो विचार प्रतिकुलताहरूसँग जुधेर अप्ठेरा र चुनौतीहरुसँग जुधेर यो विचार अघि बढेको हो’, उनले भने, ‘कतिपयलाई लाग्न सक्छ– जबज शान्त तलाउमा बग्दै आएको हो कि भन्नेजस्तो लाग्न सक्छ । तर भन्न चाहन्छु यो आँधी तुफानसँग जुध्दै, प्रतिकुलतालाई पराजित गर्दै स्थापित भएको विचार हो । जसमा मदनले अगुवाइ गर्नुभयो ।'
उनले जबजको प्रारम्भमा अनेक ढङ्गले प्रश्न उठाइएको भन्दै दक्षिणपन्थी अवसरवादी विचार भनेर आरोप लगाउँदा जुध्नुपरेको बताए ।
‘जबज मदनले अघि सार्दा उहाँमाथि चौतर्फी प्रहार भएका थिए । पछिल्लो समय पनि यो विचारमाथि अनेक ढङ्गले हमला भए, पार्टीभित्रबाटै हमला र कटाक्ष गर्ने काम भए’, उनले भने, ‘आफूलाई जानकार भन्नेहरूबाट पनि कटाक्ष भए ।’
उनले जबज पार्टीहरूको जीवनमा लोकतान्त्रिक करण गर्ने विचारका रूपमा रहेको भन्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा मदनले जबजको विचार अघि सारेको बताउँदै जबज चटके र मौसमी विचारका लागि नल्याएको दाबी गरे ।
‘नेपालको कम्युनिस्ट आन्दोलनको सकारात्मक जग तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा दर्शन र आधारमा जबज बनेको हो’, पोखरेलको भनाई छ ।
पोखरेलले जननेता मदन भण्डारीको ७५ औँ जन्म जयन्ती मनाउने शिलशिलामा मदन भण्डारी फाउन्डेसनले गठन गरेको आयोजक समितिको कार्यलयले उदेश्य अनुसार काम गर्न सफलताको शुभकामना समेत दिए ।
‘यो कार्यालय आउने दिनमा मदनका योगदान र भुमिका आम नेपाली जनता तथा विश्व रञ्गमञ्चमा पुर्याउने उदेश्यले कार्यलय स्थापना गरेको मैले बुझेको छु’, पोखरेलले भने,‘झट्ट हेर्दा सानो तर महत्वका हिसावले ठुलो कार्यक्रम हो ।’
नेता पोखरेलले जवजको पक्षमा उभिरहँदा कुनैपनि वेला सामना गर्नुपर्ने चुनौतिका बारेमा हेक्का राख्नुपर्ने र यदि त्यो हेक्का नराखे दुर्घटना हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल