काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।
विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।‘सत्तारुढ दलहरूले खासगरी एमाले कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि यो बेमौसमी भयो,’ उनले भने, ‘विपक्षी दलहरूलाई विभिन्न ढंगले तर्साउने काम चलिरहेको छ । त्यसको अर्को उत्कर्षजस्तो देख्यौं । त्यसबारे छलफल गर्न लागेका हौं ।’
एक वर्षअघि नै यस्ता प्रयास भइरहेको बताउँदै उनले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थको दबाब दिनेगरी वर्तमान सरकारले काम गर्न खोजेको उनले बताए । ‘एक वर्ष पहिले नै कोसिस गर्नुभएको थियो । अहिले विपक्षी दलहरूमासथि विभिन्न स्वार्थमाथि दबाब दिनका लागि यो सुरु गरेको देखिन्छ । विपक्षी दललाई दबाबमा राख्ने काम गर्न खोजेको देखिन्छ,’ उनले भने ।
निरंकुश ढंगले सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो महत्वकांक्षा देखिएको उनले बताए । ‘यो लोकतान्त्रिक प्रक्रिया हो । जनताले निर्वाचित गरेका अभिमतलाई मोटामोटी मिलाएर जानुपर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित
धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने वर्षमान पुनको दाबी
मतदानअघि राष्ट्रिय स्वाधीनता र भविष्यका मुद्दा स्मरण गर्न वर्षमान पुनको अपिल
निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ: वर्षमान पुन
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन