काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाएका छन्। काँग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ।
तर, कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन्। पार्टीले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको भए पनि आफूलाई कुनै खबर नआएको शेखर निकट एक सांसदले बताए।
ती सांसदले भने, ‘अहिलेसम्म मलाई केही खबर आएको छैन। म अहिलेसम्म हस्ताक्षर गर्न गएको छैन। शेखर दाइले पनि अहिलेसम्म नगर्नुभएको मैले बुझेको छु।’ उनले उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भए पनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे।
शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
उपसभामुखलाई हटाउन एमाले र कांग्रेस सांसदहरूको हस्ताक्षर सुरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता
उपसभामुख राना चीन भ्रमणमा