काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाएका छन्। काँग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ।
तर, कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन्। पार्टीले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको भए पनि आफूलाई कुनै खबर नआएको शेखर निकट एक सांसदले बताए।
ती सांसदले भने, ‘अहिलेसम्म मलाई केही खबर आएको छैन। म अहिलेसम्म हस्ताक्षर गर्न गएको छैन। शेखर दाइले पनि अहिलेसम्म नगर्नुभएको मैले बुझेको छु।’ उनले उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भए पनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे।
शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा