उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०८२, १५ : १८
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । उनलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने निर्णय गरेको छ ।

२५ वर्षकी ठाकुर श्रम संस्कृतिबाट समानुपातिकतर्फकी सांसद हुन् ।

 

प्रतिक्रिया दिनुहोस