काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले पदमा नियुक्त भए देशको विकास र सेवा गर्न सधैँ तत्पर रहने प्रतिक्रिया दिएकी छन्।
बिहीबार सञ्चारकर्मीको प्रश्नको संक्षिप्त उत्तर दिँदै ठाकुरले भनिन्, “म सक्छु।” २५ वर्षको उमेरमा पदीय जिम्मेवारी सम्हाल्न सक्ने क्षमताबारे पत्रकारको प्रश्नमा उनले आफू सक्षम रहेको स्पष्ट पारेकी हुन्।
ठाकुरले थप भनिन्, “म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिनेछु।” यसै क्रममा, श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले पार्टीले नयाँ इतिहास सिर्जना गरिरहेको उल्लेख गर्दै,“नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा सानो उमेरको उपसभामुख बन्ने मौका आएको छ। हाम्रो पार्टी नयाँ ढंगले काम गर्न चाहन्छ,” उनको भनाई छ ।
उनले पार्टीमा अन्य उम्मेदवार नभएको भन्दै ठाकुरलाई समर्थन गर्ने ऐतिहासिक निर्णय भएको पनि स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०८२, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय