काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्।
आज उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो।
एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा २२ मत खस्यो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
उपसभामुखको लोभ : रास्वपाको पिँजडामा कुन दल पर्लान् ?