प्रधानमन्त्रीलाई अभिव्यक्ति शिष्टताबारे पूर्व प्रधानमन्त्री भट्टराईको सुझाव

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, २१ : ०४
प्रधानमन्त्रीलाई अभिव्यक्ति शिष्टताबारे पूर्व प्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा राजनीतिक नेता डा. बाबुराम भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा भाषा र सन्देशमा सन्तुलन कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै जिम्मेवार पदमा रहँदा संवादमा कठोर वा असहज लाग्ने सत्यभन्दा सकारात्मक र स्वीकार्य ढंगको अभिव्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । उनले नैतिक शिक्षासम्बन्धी सूक्तिको सन्दर्भ उल्लेख गर्दै अभिव्यक्ति शिष्टता र मर्यादालाई निरन्तर स्मरण गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैबीच प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनु सकारात्मक अभ्यास भएको टिप्पणी सार्वजनिक रूपमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस