काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा घट्ने बताए।
सरकार हाबी हुने प्रवृत्तिका कारण संसद्मा उठ्ने जनताका आवाज कमजोर भएको बताए। संसद् सत्तापक्षको संख्याको छायाँमा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्ने बताए।
उनले भने, ‘सत्तापक्ष बहुमतमा हुने भएका कारण सरकारका प्रस्तावहरू सजिलै संसदबाट पारित हुन्छ। प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ । यसलाई बदल्नुपर्छ ।’
संसदमा कतिपय सांसदको भूमिकालाई लिएर समेत प्रश्न उठाउँदै केही सांसदले संसद्को पुरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको बताए। उनले थपे, ‘पुरै कार्यकालभर एक शब्द नबोल्ने, कानुन निर्माणको प्रक्रियामा संलग्न नहुने, विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफलमा सहभागी नहुने र संशोधन प्रस्ताव नहाली सांसदबाट बिदा हुने सांसदहरू पनि छन्।’
संसद्लाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह