काठमाडौं । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो ।
जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् । उनलाई पार्टीको तेस्रो वरियतामा राखिएको छ । त्यस्तै, डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।
अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् ।
गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ । लगत्तै अहिले पार्टी सचिवालय बैठक सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
पार्टी एकताबारे एकीकृत समाजवादीमा मतभेद
तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान