एजेन्सी । भारतले आज (अगस्ट १५) आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।
सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएका छन्।
त्यसअघि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लाल किल्लामा तिरंगा फहराएपछि प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गरेका छन्। मोदी प्रधानमन्त्री भएयता स्वतन्त्रता दिवसमा लगातार १२औँ पटक लाल किल्लाको पर्खालबाट भाषण दिएका हुन्।
कार्यक्रममा देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
लाल किल्ला र वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। ११ हजारभन्दा बढी सुरक्षाकर्मी र ३ हजार ट्राफिक प्रहरी तैनाथ गरिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै