एजेन्सी । भारतले आज (अगस्ट १५) आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।
सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएका छन्।
त्यसअघि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लाल किल्लामा तिरंगा फहराएपछि प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गरेका छन्। मोदी प्रधानमन्त्री भएयता स्वतन्त्रता दिवसमा लगातार १२औँ पटक लाल किल्लाको पर्खालबाट भाषण दिएका हुन्।
कार्यक्रममा देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
लाल किल्ला र वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। ११ हजारभन्दा बढी सुरक्षाकर्मी र ३ हजार ट्राफिक प्रहरी तैनाथ गरिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त